कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १६ गते)
माघ १६ गते ३ हजार ४९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ५० हजार ४ सय ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ १६ गते परीक्षण गरिएकामध्ये ३१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ९ सय १० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ५४ हजार ७ सय ७ जना निको भएका छन् । माघ १६ गते ६ हजार ३ सय ५९ जना निको भएका छन् भने निको हुनेको दर ८९.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १६ गतेसम्म ११ हजार ७ सय ३५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ १६ गते ३२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८३ हजार ९ सय ९९ रहेको छ ।
मन्त्रालयका अनुसार माघ १६ गते ३ हजार २ सय ३५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय ९१ जनालाई कोभिड पुष्टि भएको छ । माघ १६ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख २६ हजार ९ सय ३५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ १५ गतेसम्म १ करोड ४० लाख १५ हजार ३ सय २४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । माघ १६ गते थप व्यक्तिलाई कोभिड खोप लगाएको मन्त्रालयद्वारा जारी अवस्था प्रतिवदनमा छैन । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही, दाङ र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार राष्ट्रिय परिचय पत्र वितरण शाखामा कार्यरत कर्मचारीहरुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले माघ १६ गते सूचना जारी गर्दै माघ १७ गते देखि अर्को सूचना नआएसम्म विवरण सङ्कलन कार्य बन्द गरिएको जानकारी दिएको छ ।
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार प्रशासन कार्यालयका कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि सेवाग्राहीको स्वास्थ्य सुरक्षाको सम्वेदनशीलता जनाउँदै जिल्ला प्रशासन कार्यालय पाँच दिन बन्द हुने भएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले माघ १६गते सार्वजनिक सूचना जारी गर्दै माघ १७ गतेदेखि २१ गतेसम्म नियमित सेवाहरु रोकिने जानकारी दिनुभएको छ । विपद् व्यवस्थापन, शान्ति सुरक्षा र मुद्दाका कामहरु भने नरोकिने जारी सूचनामा जनाइएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखका २१ जना कर्मचारी मध्ये ४ जनालाई कोभिड सङ्क्रमण भएको र सबैजसो कर्मचारीहरुलाई लक्षण देखिएको कारण हाललाई कार्यालयबाट दिइने नियमित सेवाहरू रोकिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ६ गते)
जेठ ६ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ओटा…
एमाले कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते
वीरगञ्ज महानगरपालिका वडा नं. २७ मा एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते भएका छन् । कुटपिटबाट स्थानीय ५८ वर्षीया नेमा रेशा, ३० वर्षीया आइसा भनिने मुन्नी खातुन, ४० वर्षीय मलिक…
नेकपा एमालेका कार्यकर्तालाई कुटपिट गरेको आरोप
नेकपा एमाले धर्मदवी नगर कमिटी सदस्य ६० वर्षीय नारायण लिम्बूलाई धर्मदेवी नगरपालिका–१ मा नेपाली कांग्रेस कार्यकर्ताले जेठ ५ गते कुटपिट गरेको नेकपा एमालेले आरोप लगाएको छ । जेठ ५ गते…
बलात्कार पीडितको न्यायका लागि बालुवाटार अगाडि धर्ना
सौन्दर्य प्रतियोगिताका आयोजकबाट आठ वर्ष अगाडि बलात्कृत भएकी एक युवतीको न्यायका लागि युवा अधिकारकर्मीले ०७९ जेठ ६ गते प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । युवाहरूले Occupy Baluwatar (अकुपाई बालुवाटार)…
एमालेका कार्यकर्ता माथि आक्रमण
मन्थली नगरपालिका–९ पुरानागउँमा चुनाव हारेपछि नेपाली कांग्रेका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी मगर (भरत) र उहाँका कार्यकर्ताले एमाले कार्यकर्ता माथि आक्रमण गरेका छन् । ०७९ जेठ ५ गते साँझ विजय जुलुस…