कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ९ गते)
माघ ९ गते ५ हजार ५ सय ९८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार ३ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ ९ गते परीक्षण गरिएकामध्ये ४२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १३ हजार ३ सय ७७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख २१ हजार ६ सय ९९ जना निको भएका छन् । माघ ९ गते १ हजार ४ सय १६ जना निको भएका छन् भने निको हुनेको दर ९०.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ९ गतेसम्म ११ हजार ६ सय ५५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ ९ गते चार जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४० रहेको छ ।
मन्त्रालयका अनुसार माघ ९ गते ४ हजार ६० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ८ सय ६४ जनालाई कोभिड पुष्टि भएको छ । माघ ९ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख १२ हजार ९ सय १३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ ९ गतेसम्म १ करोड २८ लाख ९८ हजार ९ सय २३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार मालपोत कार्यालय बागलुङका कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि कार्यालयले माघ ९ गते सूचना प्रकाशन गरी अर्को सूचना नआएसम्म अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको मालपोत कार्यालय अधिकृत देवेन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले माघ ९ गते विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालयका कार्मचारीहरूमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा माघ १० गतेदखि अर्को सूचना नआएसम्म बन्द गरिएको जानकारी दिनुभएको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार कुश्मा नगरपालिकामा कार्यरत १५ जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि माघ ९ गतेदेखि माघ १६ गतेसम्मका लागि कार्यालय बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिङ गुरुङले जानकारी दिनुभएको छ ।
प्युठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने अत्यावश्यक बाहेकका सेवा माघ ९ गतेदेखि माघ १५ गतेसम्म बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयका दुई जना कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान गर्ने सुरक्षालगायत अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मेघराज सोनीले बताउनु भयो ।
कैलाली प्रतिनिधि मैनामोति चौधरीका अनुसार गोदावरी नगरपालिकामा कार्यरत कर्मचारीमा कोभिड—१९ सङ्क्रमण देखिएपछि माघ ९ गतेदेखि माघ १५ गतेसम्मका लागि नगरपलिकाबाट प्रवाह गरिने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताउनु भयो । यसैगरी जिल्ला प्रशासन कार्यालयमा कार्यरत १५ जना कर्मचारीहरुमा कोभिड सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ ९ गतेदेखि अर्को सूचना नआउँदासम्म शान्तिसुरक्षा र मुद्दा बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको र अत्यावश्यक सेवा लिन आउनेहरुको हकमा स्वास्थ्य मापदण्डको पूर्णपालना गरिएको हुनु पर्ने र कोभिड—१९ विरुद्धको खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्ला अस्पताल, दार्चुलामा कार्यरत तीन जना स्वास्थ्यकर्मीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि माघ ९ गतेदेखि अस्पतालको इमरजेन्सी बाहेकका अन्य स्वास्थ्य सेवाहरु बन्द गरिएको छ । जिल्ला अस्पताल, दार्चुलाका डाक्टर आर्दश लिम्बुका अनुसार कोभिड सङ्क्रमित बढ्दै गएपछि आइसोलेसनमा राख्नु पर्ने बिरामीहरुलाई मध्यनजर गर्दै इमरजेन्सी बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ । अहिले दुई जना कोभिड सङ्क्रमित बिरामीको जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र कोभिड सङ्क्रमितहरुको आइसोलेसन र ओपीडी सेवा परिसर नजिकै राखेर उपचार भइरहेकोले कोभिड सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सेवा बन्द गरिएको डाक्टर लिम्बुले बताउनु भयो । जिल्लामा कोभिडका सक्रिय सङ्क्रमित ७३ जना रहेका छन् । कोभिडको तेस्रो लहर आएयता जिल्लामा ८७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने १४ जनालाई निको भएको छ । यसैगरी ओमिक्रोनको जोखिम बढ्दै गएपछि उच्च जोखिमलाई ध्यानमा राखेर कैदीबन्दी भेटघाटलाई बन्द गरेको जिल्ला कारागारका जेलर विरेन्द्रसिह धामीले जानकारी दिनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…