कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ३ गते)
माघ ३ गते ५ हजार ७ सय ४७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ५९ हजार ४ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ ३ गते परीक्षण गरिएकामध्ये ४१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १४ हजार १४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १६ हजार ९ सय ८५ जना निको भएका छन् । माघ ३ गते ५ सय ४७ जना निको भएका छन् भने निको हुनेको दर ९५.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ ३ गतेसम्म ११ हजार ६ सय २३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ ३ गते तीन जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार ८ सय ७७ रहेको छ ।
मन्त्रालयका अनुसार माघ ३ गते ३ हजार ४ सय ५१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ९ सय ८७ जनालाई कोभिड पुष्टि भएको छ । माघ ३ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख २ हजार ४ सय ५५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ ३ गतेसम्म १ करोड २२ लाख १३ हजार ३२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार गोकुलगङ्गा गाउँपालिकाले कोभिड सङ्क्रमण बढेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । गाउँपालिकाले माघ ३ गते एक सूचना प्रकाशित गरी माघ ३ गतेदेखि माघ ७ गतेसम्म अत्यावश्यक बाहेककका सेवा बन्द गरिएको जनाएको हो । गाउँपालिका उपाध्यक्ष राधिका श्रेष्ठ नेवारले जारी गर्नुभएको सूचनामा जनप्रतिनिधि तथा कर्मचारीलाई समेत कोभिड सङ्क्रमण देखिएकोले सेवा बन्द गरिएको जनाइएको छ । स्थानीय सङ्कट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको उहाँले बताउनुभयो ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पुस ३० गतेको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले माघ २ गतेदेखि अर्को सूचना जारी नभएसम्म जिल्लामा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले आदेश जारी गर्दै २५ जनाभन्दा बढी भेला हुने महोत्सव, मेला, भेलालगायतका सामाजिक गतिविधि नगर्न भनिएको छ । सार्वजनिक साधनको हकमा सिट भन्दा बढि यात्रु नराख्न, सार्वजनिक स्थलमा जान कोभिड १९ विरूद्ध खोप लगाएको कार्ड साथमा राख्न र पूर्ण रूपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नु पर्ने उल्लेख छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ६ गते)
जेठ ६ गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ३ सय ओटा…
एमाले कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते
वीरगञ्ज महानगरपालिका वडा नं. २७ मा एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाइते भएका छन् । कुटपिटबाट स्थानीय ५८ वर्षीया नेमा रेशा, ३० वर्षीया आइसा भनिने मुन्नी खातुन, ४० वर्षीय मलिक…
नेकपा एमालेका कार्यकर्तालाई कुटपिट गरेको आरोप
नेकपा एमाले धर्मदवी नगर कमिटी सदस्य ६० वर्षीय नारायण लिम्बूलाई धर्मदेवी नगरपालिका–१ मा नेपाली कांग्रेस कार्यकर्ताले जेठ ५ गते कुटपिट गरेको नेकपा एमालेले आरोप लगाएको छ । जेठ ५ गते…
बलात्कार पीडितको न्यायका लागि बालुवाटार अगाडि धर्ना
सौन्दर्य प्रतियोगिताका आयोजकबाट आठ वर्ष अगाडि बलात्कृत भएकी एक युवतीको न्यायका लागि युवा अधिकारकर्मीले ०७९ जेठ ६ गते प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् । युवाहरूले Occupy Baluwatar (अकुपाई बालुवाटार)…
एमालेका कार्यकर्ता माथि आक्रमण
मन्थली नगरपालिका–९ पुरानागउँमा चुनाव हारेपछि नेपाली कांग्रेका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी मगर (भरत) र उहाँका कार्यकर्ताले एमाले कार्यकर्ता माथि आक्रमण गरेका छन् । ०७९ जेठ ५ गते साँझ विजय जुलुस…