कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २ गते)
माघ २ गते ४ हजार ५ सय ३४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ५३ हजार ७ सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ २ गते परीक्षण गरिएकामध्ये ३६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १२ हजार ५ सय ६२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १६ हजार ४ सय ३८ जना निको भएका छन् । माघ २ गते ४ सय ३५ जना निको भएका छन् भने निको हुनेको दर ९५.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २ गतेसम्म ११ हजार ६ सय २० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ २ गते तीन जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ६ सय ८० रहेको छ ।
मन्त्रालयका अनुसार माघ २ गते २ हजार ५ सय ६९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय २७ जनालाई कोभिड पुष्टि भएको छ । माघ २ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख १ हजार ४ सय ६८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ २ गतेसम्म १ करोड २१ लाख २७ हजार ८ सय २९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की र रुपन्देहीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार जिल्ला प्रशासन कार्यलय कास्कीले माघ १ गतेदेखि सार्वजनिक सेवा लिन कोभिड विरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आदेश जारी गर्दै जिल्लाभर खोप कार्ड अनिवार्य गरिएको जानकारी दिनु भयो । उहाँका अनुसार सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी जम्मा हुन र राजनैतिक, सामाजिक तथा सांस्कृतिक लगायतका भेला, महोत्सव, मेला सभा सम्मेलन गर्न रोक लगाइको छ । यस्तै सार्वजनिक सवारी साधनमा यात्रुले अनिवार्य रुपमा मास्क र भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाइ जहाजबाट यात्रा गर्नुपूर्व कोभिड नेगेटिभ भएको खोप कार्ड देखाउनुपर्ने छ ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार रघुगङ्गा गाउँपालिका–३, मौवाफाँटको ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीसहित १२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि माघ २ गतेदेखि माघ ९ गतेसम्मकम लागि विद्यालयमा पठनपाठन बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक जना शिक्षकमा पुस २८ गते कोभिड-१९ सङ्क्रमण देखिएपछि पुस २९ गते कन्ट्याक ट्रेसिङ गर्दा अर्का शिक्षकमा पनि सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि अरुमा पनि कोभिड देखिएको हो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…