कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ३० गते)
पुस ३० गते ४ हजार २ सय ४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ४५ हजार ५ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस ३० गते परीक्षण गरिएकामध्ये ३१ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १३ हजार ४ सय ७४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १५ हजार ६ सय ५३ जना निको भएका छन् । पुस ३० गते ३ सय ६ जना निको भएका छन् भने निको हुनेको दर ९६.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस ३० गतेसम्म ११ हजार ६ सय १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस ३० गते तीन जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २ सय ३५ रहेको छ ।
मन्त्रालयका अनुसार पुस ३० गते ७ हजार ८६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ८ सय ८३ जनालाई कोभिड पुष्टि भएको छ । पुस ३० गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख १ सय ८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस ३० गतेसम्म १ करोड १८ लाख ६९ हजार ९ सय ७४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
म्याग्दी प्रतिनिधि अमृतप्रसाद पौडेलका अनुसार मुस्ताङमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को सिफारिस अनुसार स्थानीय प्रशासन ऐन–२०२८ को दफा(६)को उपदफा(३) तथा सङ्क्रामक रोग ऐन–२०२० को दफा(२) बमोजिमको अधिकार प्रयोग गरी मुस्ताङ जिल्ला भर लागुहुने गरी पुस ३० गते राति १२ बजेबाट निषेध आदेश जारी गरिएको छ । जिल्लाको कुनै पनि स्थानमा २५ जना भन्दा बढी भेला गरी कार्यक्रमहरू गर्न नपाइने आदेशमा उल्लेख छ । माघ ७ गतेसम्म लागु हुने गरी प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा पुस ३० गते उक्त आदेश जारी गरिएको हो ।
म्याग्दी जिल्लामा कोभिड–१९ सङ्कट व्यवस्थापन सिमितिको सिफारिस एवम् गृह मन्त्रालयको निर्णयलाई समेत आधार मानेर सङ्क्रामक रोग ऐन–२०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम पुस ३० गते राति १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर निषेध आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी रानाका अनुसार भिडभाड नगर्ने, २५ जना भन्दा कम मात्रै जम्मा भएर कार्यक्रम गर्ने जस्ता नियम कडाइका साथ कार्यान्वयन गरिने छ ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालय तनहँुले कोभिड नियन्त्रणको लागि विभिन्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले पुस २९ गते कोभिड–१९ को बढ्दो सङ्क्रमण रोकथाम तथा नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सिफारिस एवम् गृह मन्त्रालयको निर्णय, सङ्क्रामक रोग ऐन–२०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्ला भर पुस १९ गते राति १२ बजेबाट अर्काे व्यवस्था नहुँदासम्म विभिन्न आदेश जारी गर्नु भएको हो । कोभिड– १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा शिक्षा, विज्ञान तथा मन्त्रालयको सूचना बमोजिम माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन संचालन नगर्ने, नगराउने तथा पूर्व निर्धारित सेमेष्टर र वार्षिक परिक्षाको हकमा स्वास्थ्य मापदण्डको पालना गरि जेड आकारमा राख्ने व्यवस्था मिलाउन पनि प्रशासनको सूचनामा उल्लेख छ ।
स्याङजा प्रतिनिधि तिलकुमारी थापाका अनुसार बालिङ नगरपालिकाले पुस २९ गते सूचना जारी गर्दै माघ ३ गते देखि माघ १५ गतेसम्म नगरपालिकाका सबै विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोभिड–१९ को सङ्क्रमण तीव्र रूपमा बढिरहेको अवस्थामा सुरक्षाका लागि विद्यालय बन्द गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार परशुराम नगरपालिकाका कर्मचारीहरुमा कोभिड सङ्क्रमण देखिएपछि नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै माघ २ गतेसम्मका लागि नगरपालिका कार्यालय बन्द रहने जनाएको छ । कोभिड सङ्क्रमण पुष्टि भएका कर्मचारीलाई आइसोलेशनमा राखिएको र उनीहरूको सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई समेत सचेत रहन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
शिक्षा क्षेत्रका बिकृती र बिसङ्गती अन्त्यकालागि रिट दायर
इन्सेकलगायत मानव अधिकारवादी संघ संस्था र कानुन व्यवसायीहरूले शिक्षा क्षेत्रमा देखिएका बिकृती र बिसङ्गतीे अन्त्यकालागि नेपालगञ्ज उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा जेठ ५ गते रिट दायर गरेका छन् । सार्बजनिक…
मत परिणाम घोषणापछि सील भएको मतपेटिका भेटिए
महोत्तरीमा मतपरिणाम घोषणापछि सील भएको मतपेटिका भेटिएको छ । सील नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न…
मतपेटिकाको सिल तोडिएको पाइएपछि बुटवल उपमनपा–११ को मतगणना रोकियो
बुटवल उपमहानपा– ११ मा मतपेटिका खोल्ने क्रममा सिल तोडिएको र स्वस्तिक छाप भेट्टिएपछि जेठ ५ गते मतगणना कार्य रोकिएको छ । सिल तोडिएको र तोडिएको सिल मतपेटिका बाधिएको कपडामा पाइएको…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…