कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २८ गते)
पुस २८ गते २ हजार ४ सय ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३८ हजार ३ सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस २८ गते परीक्षण गरिएकामध्ये २७ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ५१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १५ हजार ७६ जना निको भएका छन् । पुस २८ गते २ सय ७८ जना निको भएका छन् भने निको हुनेको दर ९७.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २८ गतेसम्म ११ हजार ६ सय ९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस २८ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६ सय ९० रहेको छ ।
मन्त्रालयका अनुसार पुस २८ गते ३ हजार ९ सय ८५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६ सय २७ जनालाई कोभिड पुष्टि भएको छ । पुस २८ गतेसम्म एण्टिजेन परीक्षणबाट ९८ हजार ५ सय ९४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस २८ गतेसम्म १ करोड १४ लाख ६९ हजार ६ सय ७८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कञ्चनरूप नगरपालिका र बिष्णुपुर गाउँपालिकाले आफ्नो क्षेत्र भित्रका सम्पूर्ण सामूदायिक तथा संस्थागत विद्यालयहरू पुस २७ गतेदेखि माघ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । कञ्चनरूप नगरपालिकाको शिक्षा शाखाले र बिष्णुपुर गाउँपालिकाका प्रशासन प्रमुखले पुस २७ गते छुटछुट्टै सूचना प्रकाशित गरी पुस २७ गतेदेखि माघ १५ गतेसम्म आआफ्नो क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू विदा दिने निर्णय गरेका हुन् ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार अनुसार कोभिड–१९ को सङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले ०७८ पुस २८ गतेदेखि माग १० गतेसम्मका लागि निषेध आदेश जारी गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को पुस २६ गते बसेको बैठकले पुस २७ गतेदेखि निषेध आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेको थियो । जारी आदेशमा कोभिड–१९ सङ्क्रमणको जोखिम मूल्याङ्कन गरी आगामी दिनमा लकडाउनको स्वरुप निर्धारण गर्ने उल्लेख गरिएको छ ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्ला प्रशासन कार्यालय गोरखाले २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरु सामाजिक कार्यहरु नगर्न नगराउन आदेश जारी गरेको छ । पुस २८ गते बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले पुस २८ गते राति १२ बजेबाट लागु हुने गरी कोभिड–१९ जोखिम न्यूनिकरणका लागि आदेश जारी गरेको हो ।
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोभिड– १९ सङकट व्यवस्थापन समन्वय केन्द्रको पुस २८ गते बसेको बैठकले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थापनका लागि हेल्थ डेस्क राख्ने निर्णय गरिएको छ । जिल्ला प्रवेश गर्ने पूर्वी नाका बेलखेत र पश्चिम नाका चौखुट्टेमा स्वास्थ्य हेल्प डेस्कसहित निःशुल्क एन्टिजेन टेष्ट बुथ राख्ने, स्वास्थ्य सामग्री र जनशक्तिको व्यवस्थापन स्वास्थ्य कार्यालय तथा सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विश्वनाथ मरासिनीले बताउनु भयो । स्थानीय तहका प्रमुख तथा अध्यक्ष समेत सहभागी बैठकमा कोभिड–१९ का सम्भावित गम्भीर बिरामी भएमा जिल्ला अस्पतालमा अक्सिजनको तयारी, स्थानीय तहमा आइसोलेशनको व्यवस्था गर्नु पर्ने, भारतबाट आएका व्यक्तिलाई कैलाली, नेपालगञ्जमै परीक्षण र होल्डिङग सेन्टरमा राख्न सम्बन्धित जिल्लालाई अनुरोध गर्ने, विद्यालय बन्द गर्ने लगायतका निर्णय गरेको प्रजिअ मरासिनीले बताउनु भयो ।
डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार कोभिड–१९ सङ्क्रमण दर बढदै गएपछि पुस २८ गते राति १२ बजेदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालयले १६ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेको छ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवंम गृहमन्त्रालयको निर्णय, सङ्कामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको हो । आदेश लागु भएपछि एकै स्थानमा २५ जनाभन्दा बढी भौतिक रुपमा उपस्थित हुने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन् । २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न, सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिड विरुद्धको खोप लगाएको काड साथमा राखेको हुनु पर्ने आदेशमा उल्लेख छ । आदेशानुसार घर बाहिर निस्कदा वा सार्वजनिक स्थलमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कायम गरी गतिविधि सञ्चालन गर्न र राम्ररी साबुनपानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न आह्वान गरिएको छ । स्थानीय तहसँगको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालयले सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउने गरी कार्यतालिका बनाएर कार्यान्वयन गर्न समेत आह्वान गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…