कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २६ गते)
पुस २६ गते १ हजार ३ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३३ हजार ९ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस २६ गते परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ९ सय ६५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १४ हजार ४ सय ८५ जना निको भएका छन् । पुस २६ गते २ सय ५५ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २६ गतेसम्म ११ हजार ६ सय ६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस २६ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ८ सय ५५ रहेको छ ।
मन्त्रालयका अनुसार पुस २६ गते २ हजार ४ सय ६४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ८९ जनालाई कोभिड पुष्टि भएको छ । पुस २६ गतेसम्म एण्टिजेन परीक्षणबाट ९७ हजार ५ सय ४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस २६ गतेसम्म १ करोड १२ लाख ३२ हजार ६ सय ८३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार परशुराम नगरपालिकाका दुई जना कर्मचारीमा पुस २५ गते कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाले एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सेवाहरू पुस २७ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । तर, नगरपालिकाको कार्यालय मातहतका अन्य सम्पूर्ण कार्यालयबाट प्रदान गरिने सेवा यथावत् रहने जनाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरुले कोभिड सङ्क्रमण पुष्टि भएका कर्मचारीमध्ये एक जना केही साता अघि काठमाडौँबाट आउनु भएको बताउनु भयो । सङ्क्रमित कर्मचारीहरूलाई आइसोलेसनमा राखेर उहाँहरुको सम्पर्कमा आएका अन्य कर्मचारीहरूको कोभिड परीक्षण गरिने प्रमुख प्रशासकीय अधिकृत पनेरुले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित सासु गिरफ्तार
गौरीगंगा नगरपालिका–१ की २८ वर्षीया कबिता बुढाको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीया सासु लक्ष्मी बुढालाई जेठ २३ गते गिरफ्तार गरेको छ । जेठ २२ गते गौरीगंगा नगरपालिका—१ स्थित केदारेश्वर…
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…