कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २५ गते)

पुस २५ गते ८ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३२ हजार ५ सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस २५ गते परीक्षण गरिएकामध्ये ९.५० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ८ सय ४८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १४ हजार २ सय ३० जना निको भएका छन् । पुस २५ गते २ सय २४ जना निको भएका छन् भने निको हुनेको दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २५ गतेसम्म ११ हजार ६ सय ४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस २५ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ७ सय ५५ रहेको छ ।

मन्त्रालयका अनुसार पुस २५ गते ३ हजार ७ सय ८४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय २६ जनालाई कोभिड पुष्टि भएको छ । पुस २५ गतेसम्म एण्टिजेन परीक्षणबाट ९७ हजार ४ सय १५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस २५ गतेसम्म १ करोड ११ लाख ३४ हजार ६ सय ९८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

 


अनलाइन डेस्क