कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २३ गते)

पुस २३ गते ५ सय ७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३१ हजार ५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस २३ गते परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार २ सय ७२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७ सय ९ जना निको भएका छन् । पुस २३ गते २ सय ६२ जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २२ गतेसम्म ११ हजार ६ सय २ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस २३ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ७ सय ४१ रहेको छ ।

मन्त्रालयका अनुसार पुस २३ गते ६ हजार ६ सय ९९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ९६ जनालाई कोभिड पुष्टि भएको छ । पुस २३ गतेसम्म एण्टिजेन परीक्षणबाट ९६ हजार ८ सय ४१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस २३ गतेसम्म १ करोड १० लाख २ हजार ९ सय ७६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


 अनलाइन डेस्क