कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २२ गते)
पुस २२ गते ४ सय ७८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ३० हजार ४ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस २२ गते परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १६.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार २ सय ९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १३ हजार ४ सय ४७ जना निको भएका छन् । पुस २२ गते २ सय ७१ जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस २२ गतेसम्म ११ हजार ६ सय २ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस २२ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ३१ रहेको छ ।
मन्त्रालयका अनुसार पुस २२ गते ४ हजार ८ सय ९० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६२ जनालाई कोभिड पुष्टि भएको छ । पुस २२ गतेसम्म एण्टिजेन परीक्षणबाट ९६ हजार ४ सय ४५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस २२ गतेसम्म १ करोड ९ लाख ४ हजार ८ सय ५१ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाको कसुरमा तीन वर्ष कैद सजाय
२८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बरहथवा नगरपालिका–३ का ३४ वर्षीय नरेश महतो नुनीयालाई जिल्ला अदालत सर्लाहीले जेठ १८ गते तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत…
पत्नी हत्या कसुरमा १५ वर्ष कैदको फैसला
बबई गाउँपालिका–१ की ३४ वर्षीया खुमी बोटेको हत्या गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले मृतकका पति ४० वर्षीय लालबहादुर बोटेलाई १५ वर्ष कैद सजायको फैसला गरेको छ । बोटेले पत्नीलाई…
बलात्कार घटनाको कसुरमा दश वर्ष कैद सजाय
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तिरहुत गाउँपालिका–३ का २३ वर्षीय ज्ञानु भनिने ज्ञानकुमार साहलाई जेठ १९ गते १० वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले…
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…