कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १९ गते)

पुस १९ गते २ सय ९१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २९ हजार २ सय ७७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस १९ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ७ सय ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १२ हजार ६ सय ७४ जना निको भएका छन् । पुस १९ गते २ सय ५५ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १९ गतेसम्म ११ हजार ५ सय ९८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस १९ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भयो । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ५ रहेको छ ।

मन्त्रालयका अनुसार पुस १९ गते २ हजार ७ सय ९८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३५ जनालाई कोभिड पुष्टि भएको छ । पुस १९ गतेसम्म एण्टिजेन परीक्षणबाट ९६ हजार २ सय ८० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस १९ गतेसम्म १ करोड ५ लाख ९७ हजार ७ सय ९७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क