कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १८ गते)

  ०७८ पुस १८ गते

पुस १८ गते २ सय १३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २८ हजार ९ सय ८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस १८ गते परीक्षण गरिएकामध्ये चार प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ९ सय ६२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १२ हजार ४ सय १९ जना निको भएका छन् । पुस १८ गते २ सय ९ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १८ गतेसम्म ११ हजार ५ सय ९६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस १८ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भयो । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९ सय ७१ रहेको छ ।

मन्त्रालयका अनुसार पुस १८ गते १ हजार ६ सय ६९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा तीन जनालाई कोभिड पुष्टि भएको छ । पुस १८ गतेसम्म एण्टिजेन परीक्षणबाट ९६ हजार २ सय ४५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस १८ गतेसम्म १ करोड ४ लाख ९६ हजार ४ सय १ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क