कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १५ गते)

पुस १५ गते २ सय ३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २८ हजार २ सय ७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस १५ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ८ सय १४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ११ हजार ७ सय ४६ जना निको भएका छन् । पुस १५ गते २ सय २८ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १४ गतेसम्म ११ हजार ५ सय ९० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस १५ गते कोभिड सङ्क्रमितको मृत्यु भएन । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ८ सय ७१ रहेको छ ।

मन्त्रालयका अनुसार पुस १५ गते २ हजार ८३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६ जनालाई कोभिड पुष्टि भएको छ । पुस १५ गतेसम्म एण्टिजेन परीक्षणबाट ९६ हजार १ सय ९१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस १५ गतेसम्म १ करोड ३ लाख १० हजार ६ सय ९२ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क