कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १२ गते)

  ०७८ पुस १२ गते

पुस १२ गते २ सय ५१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २७ हजार ५ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस १२ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार १ सय ५७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना निको भएका छन् । पुस १२ गते २ सय २५ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १२ गतेसम्म ११ हजार ५ सय ८६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस १२ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९ सय ३१ रहेको छ ।

मन्त्रालयका अनुसार पुस १२ गते १ हजार ७ सय २९ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २० जनालाई कोभिड पुष्टि भएको छ । पुस १२ गतेसम्म एण्टिजेन परीक्षणबाट ९६ हजार १ सय ५१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस १२ गतेसम्म १ करोड १ लाख ६६ हजार ५ सय ४ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क