कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस १० गते)

पुस १० गते १ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २७ हजार ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस १० गते परीक्षण गरिएकामध्ये चार प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४ हजार २ सय ८३ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १० हजार ४ सय ९७ जना निको भएका छन् । पुस १० गते २ सय २६ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस १० गतेसम्म ११ हजार ५ सय ८३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस १० गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९ सय ७८ रहेको छ ।

मन्त्रालयका अनुसार पुस १० गते २ हजार १ सय ६४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १० जनालाई कोभिड पुष्टि भएको छ । पुस १० गतेसम्म एण्टिजेन परीक्षणबाट ९६ हजार १ सइ २५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस १० गते सम्म ९९ लाख ८५ हजार ५ सय ६८ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क