कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ७ गते)

पुस ७ गते २ सय १७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २६ हजार ४ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस ७ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार २ सय ६६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ९ हजार ६ सय ५९ जना निको भएका छन् । पुस ७ गते २ सय ७२ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस ७ गतेसम्म ११ हजार ५ सय ७९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस ७ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय ८५ रहेको छ ।

Corona Infographics 2078-09-07 Nepali

मन्त्रालयका अनुसार पुस ७ गते ४ हजार ४३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १९ जनालाई कोभिड पुष्टि भएको छ । पुस ७ गतेसम्म एण्टिजेन परीक्षणबाट ९६ हजार ४० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस ७ गते सम्म ९७ लाख ८२ हजार २ सय ४७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क