कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ५ गते)

पुस ५ गते २ सय १८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २५ हजार ९ सय ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस ५ गते परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २ हजार ७ सय २५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ९ हजार १ सय ५५ जना निको भएका छन् । पुस ५ गते २ सय ६३ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस ५ गतेसम्म ११ हजार ५ सय ७४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस ५ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २ सय २५ रहेको छ ।

Corona Infographics 2078-09-05 Nepali

मन्त्रालयका अनुसार पुस ५ गते १ हजार ४ सय १६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा दुई जनालाई कोभिड पुष्टि भएको छ । पुस ५ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ९ सय ८३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस ५ गते सम्म ९६ लाख ४६ हजार ७ सय २० जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क