कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस ४ गते)

पुस ४ गते १ सय ३३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २५ हजार ७ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पुस ४ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४ हजार ८ सय ३१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ८ हजार ८ सय ९२ जना निको भएका छन् । पुस ४ गते २ सय ८९ जना निको भएका छन् भने निको हुनेको दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पुस ४ गतेसम्म ११ हजार ५ सय ७३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पुस ४ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २ सय ७१ रहेको छ ।

Corona Infographics 2078-09-04

मन्त्रालयका अनुसार पुस ४ गते ५ हजार ४१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४८ जनालाई कोभिड पुष्टि भएको छ । पुस ४ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ९ सय ८१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । पुस ४ गते सम्म ९६ लाख २३ हजार १ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क