कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १ गते)
मङ्सिर १ गते १ हजार १ सय ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख १० हजार ९ सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४ हजार ८ सय ३२ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ७६ हजार ३ सय ६४ जना निको भएका छन् । मङ्सिर १ गते २ हजार ९ सय ३४ जना निको भएका छन् भने निको हुनेको दर ८३.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १ गतेसम्म १ हजार २ सय ३० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३३ हजार ३ सय ७९ जनाको उपचार भइरहेको छ । २८ हजार ३ सय ६० जना होम आइसोलेशनमा छन् भने ३ सय १० जनाको उपचार आइसीयूमा र ४४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…
थाइरोड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा
सिरहा जिल्लाको एक मात्र सरकारी अस्पताल लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा दैनिक…
अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट
पत्रकार कमलबहादुर बोहरामाथि चार-पाँच जना अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ । बोहरा पालिका समय डटकमको अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । माघ २१ गते…