कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २८ गते)

  ०७८ मङ्सिर २८ गते

मङ्सिर २८ गते २ सय २९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २४ हजार ७ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर २८ गते परीक्षण गरिएकामध्ये दुई प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ३ सय ९२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ७ हजार ५ सय १६ जना निको भएका छन् । मङ्सिर २८ गते ३ सय ६२ जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २८ गतेसम्म ११ हजार ५ सय ५९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर २८ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६ सय ८९ रहेको छ ।

Corona Infographics 2078-08-28

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर २८ गते ४ हजार ३ सय १७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३५ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर २८ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ८ सय ४५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर २८ गतेसम्म ९३ लाख ६५ हजार ९ सय १५ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

 


अनलाइन डेस्क