कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २६ गते)
मङ्सिर २६ गते २ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २४ हजार २ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर २६ गते परीक्षण गरिएकामध्ये चार प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार २ सय ६८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ६ हजार ७ सय ७८ जना निको भएका छन् । मङ्सिर २६ गते २ सय ३४ जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २६ गतेसम्म ११ हजार ५ सय ५४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर २६ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ८ सय ९० रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर २६ गते २ हजार ४ सय १४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १२ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर २६ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ७ सय ८२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर २६ गतेसम्म ९२ लाख ६४ हजार ४ सय ५६ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित विरूद्ध उजुरी
४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ५४ वर्षीय नातेदार विरूद्ध असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । पीडितलाई आरोपितले असार १६ गते खेतमा काम…
घरेलु हिंसा पीडित घाइते महिलाको इन्सेकको पहलमा उद्धार
घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका-६ बसेरीकी ३१ वर्षीया रेखा मुक्तान खत्रीको ०७९ असार १८ गते घाइते अवस्थामा इन्सेक जिल्ला प्रतिनिधिको पहलमा उद्धार गरिएको छ । पीडित रेखा पति ३७ वर्षीय…
गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता नदिएको ज्येष्ठ नागरिकको गुनासो
सिमकोट गाउँपालिकाबाट समयमै सामाजिक सुरक्षा भत्ता नपाएको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । ०७८ साउनदेखि सिमकोट गाउँपालिकाले समयमै ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता आफुहरूलाई वितरण नगरेको सिमकोट गाउँपालिका–३ का ७८…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १८ गते)
असार १८ गते ३३ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार
भानु नगरपालिका–१ नयाँबस्तीकी ३२ वर्षीया चिजा गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले २५ वर्षीय विक्रम गन्धर्वलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार १७ गते साँझ कुटपिट…