कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २४ गते)

मङ्सिर २४ गते २ सय ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ७ सय ८६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर २४ गते परीक्षण गरिएकामध्ये चार प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ४ सय ७२ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ६ हजार २ सय ३७ जना निको भएका छन् । मङ्सिर २४ गते ३ सय ३९ जना निको भएका छन् भने निको हुनेको दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २४ गतेसम्म ११ हजार ५ सय ५२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर २४ गते तीन जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ९ सय ९७ रहेको छ ।

Corona Infographics 2078-08-24

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर २४ गते ४ हजार १५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २७ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर २४ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ७ सय २८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर २४ गतेसम्म ९१ लाख ६८ हजार ३ सय ५८ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

16 days campaignNepali


अनलाइन डेस्क