कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २२ गते)
मङ्सिर २२ गते २ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार ३ सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर २२ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार १ सय ६८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ५ हजार ५ सय ७१ जना निको भएका छन् । मङ्सिर २२ गते ३ सय ६६ जना निको भएका छन् भने निको हुनेको दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २२ गतेसम्म ११ हजार ५ सय ४७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर २२ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार २ सय ३९ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर २२ गते ३ हजार ६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २५ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर २२ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ६ सय ८७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर २२ गतेसम्म ८८ लाख ६९ हजार ६७ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार कसुर ठहर गर्दै १९ वर्ष कैदको फैसला
१३ वर्षीया बालिका बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले मुसिकोटका नगरपालिका –१ का १९ वर्षीय जितेन्द्र विकलाइचैत १० गते १९ वर्ष कैद र ७ लाख रूपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको…
बलात्कार पीडितलाई इन्सेकको सहयोग
बलात्कार पीडित चार वर्षीया बालिकाकाको उपचार कानुनी सेवाका लागि इन्सेकले चैत १२ गते आर्थिक सहयोग गरेको छ । मजदुरी गरेर जीवन यापन गरिरहेका एक दम्पतिलाई छोरीको न्यायका लागि ८ हजार…
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…