कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर २१ गते)

मङ्सिर २१ गते २ सय ७२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २३ हजार १ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर २१ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ३ सय ८६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ५ हजार २ सय ५ जना निको भएका छन् । मङ्सिर २१ गते ३ सय ४ जना निको भएका छन् भने निको हुनेको दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर २१ गतेसम्म ११ हजार ५ सय ४५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर २१ गते दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ३ सय ५२ रहेको छ ।

Corona Infographics 2078-08-21

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर २१ गते २ हजार ४ सय २४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४३ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर २१ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ६ सय ६२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर २१ गतेसम्म ८७ लाख ८० हजार ४ सय ३३ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

16 days campaignNepali


अनलाइन डेस्क