कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १९ गते)

मङ्सिर १९ गते २ सय जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार ५ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर १९ गते परीक्षण गरिएकामध्ये २.५० प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ९ सय ९५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ४ हजार ५ सय ४४ जना निको भएका छन् । मङ्सिर १९ गते ४ सय ३६ जना निको भएका छन् भने निको हुनेको दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १९ गतेसम्म ११ हजार ५ सय ४१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर १९ गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ५ सय ७ रहेको छ ।

Corona Infographics 2078-08-19

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर १९ गते २ हजार ७ सय ५२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा पाँच जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर १९ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ५ सय ९२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर १९ गतेसम्म ८६ लाख ९७ हजार ९ सय ८९ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

16 days campaignNepali


अनलाइन डेस्क