कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १७ गते)

मङ्सिर १७ गते २ सय २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २२ हजार १ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर १७ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ४ सय ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ३ हजार ७ सय १६ जना निको भएका छन् । मङ्सिर १७ गते ३ सय ४७ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १७ गतेसम्म ११ हजार ५ सय ३५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर १७ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९ सय २१ रहेको छ ।

Corona Infographics 2078-08-17

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर १७ गते १ हजार ४ सय ३६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २३ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर १७ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ५ सय ६९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर १७ गतेसम्म ८६ लाख १३ हजार ८ सय ४७ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

16 days campaignNepali

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यामिक विद्यालयका २६ जना विद्यार्थी र दुई जना शिक्षकलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि विद्यालय अनिश्चितकालको लागि बन्द गरिएको छ । मङसिर १६ गते विद्यालयका ८१ जना शिक्षक विद्यार्थीको कोभिड परीक्षण गर्दा २६ जना विद्यार्थी र दुई जना शिक्षकमा सङ्क्रमण पहिचान भएको थियो । समुदायमा कोभिड-१९ फैलिनबाट रोक्नको लागि मङसिर १७ गतेदेखि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड-१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।


अनलाइन डेस्क