कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १५ गते)

मङ्सिर १५ गते २ सय ८५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २१ हजार ६ सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर १५ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ९ सय १९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ३ हजार १ सय ६८ जना निको भएका छन् । मङ्सिर १५ गते २ सय ५९ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १५ गतेसम्म ११ हजार ५ सय २९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर १५ गते तीन जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९ सय ५४ रहेको छ ।

Corona Infographics 2078-08-15

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर १५ गते १ हजार ८ सय ८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३१ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर १५ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ५ सय २९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर १५ गतेसम्म ८५ लाख १४ हजार ६ सय ८४ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

16 days campaignNepali

 


अनलाइन डेस्क