कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १४ गते)

  ०७८ मङ्सिर १४ गते

मङ्सिर १४ गते २ सय ४५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २१ हजार ३ सय ६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर १४ गते परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४ हजार ३ सय २९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख २ हजार ९ सय ९ जना निको भएका छन् । मङ्सिर १४ गते २ सय ५६ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १४ गतेसम्म ११ हजार ५ सय २६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर १४ गते दुई जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ९ सय ३१ रहेको छ ।

Corona Infographics 2078-08-14

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर १४ गते २ हजार १ सय ४० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १० जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर १४ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ४ सय ९८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर १४ गतेसम्म ८४ लाख ३७ हजार ८ सय ६० जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

16 days campaignNepali


अनलाइन डेस्क