कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ११ गते)

  ०७८ मङ्सिर ११ गते

मङ्सिर ११ गते १ सय ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २० हजार ७ सय २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर ११ गते परीक्षण गरिएकामध्ये चार प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४ हजार ९ सय ७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख २ हजार ४७ जना निको भएका छन् । मङ्सिर ११ गते ३ सय २५ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर ११ गतेसम्म ११ हजार ५ सय २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर ११ गते तीन जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार १ सय ५६ रहेको छ ।

Corona Infographics 2078-08-11

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर ११ गते १ हजार ७ सय २५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १६ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर ११ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ४ सय ६८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर ११ गतेसम्म ८२ लाख ९० हजार ४ सय २ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

16 days campaignNepali


अनलाइन डेस्क