कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १० गते)

मङ्सिर १० गते २ सय ४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २० हजार ५ सय ८५२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर १० गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ८ सय २९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १ हजार ७ सय २२ जना निको भएका छन् । मङ्सिर १० गते ३ सय २ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १० गतेसम्म ११ हजार ५ सय १८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर १० गते दुई जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार २ सय ८७ रहेको छ ।

Corona Infographics 2078-08-10

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर १० गते २ हजार ६ सय १७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २८ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर १० गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ४ सय ५२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर १० गतेसम्म ८२ लाख ३७ हजार ३ सय ३७ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

16 days campaignNepali


 अनलाइन डेस्क