कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ८ गते)

  ०७८ मङ्सिर ८ गते

मङ्सिर ८ गते ३ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख २० हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर ८ गते परीक्षण गरिएकामध्ये चार प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ५ सय ९० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख १ हजार १ सय २२ जना निको भएका छन् । मङ्सिर ८ गते २ सय ३२ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर ८ गतेसम्म ११ हजार ५ सय १३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर ८ गते चार जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३ सय ६९ रहेको छ ।

Corona Infographics 2078-08-08

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर ८ गते २ हजार ३ सय ३० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २७ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर ८ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ३ सय ९७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर ८ गतेसम्म ८० लाख ५९ हजार ३ सय २ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क