कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर ५ गते)

मङ्सिर ५ गते २ सय ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १९ हजार १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर ५ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ८ सय ४५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ३ सय ५९ जना निको भएका छन् । मङ्सिर ५ गते ३ सय ७० जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर ५ गतेसम्म ११ हजार ४ सय ९६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर ५ गते एक जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार १ सय ६४ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर ५ गते १ हजार २ सय ७८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर ५ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ३ सय १४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर ५ गतेसम्म ७९ लाख ६ हजार ३ सय ६९ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-08-05

 


अनलाइन डेस्क