कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (मङ्सिर १ गते)

मङ्सिर १ गते ३ सय ६३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १८ हजार ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्सिर १ गते परीक्षण गरिएकामध्ये चार प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार १ सय ६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९८ हजार ९ सय १६ जना निको भएका छन् । मङ्सिर १ गते २ सय २ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । मङ्सिर १ गतेसम्म ११ हजार ४ सय ८३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मङ्सिर १ गते एक जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ६ सय ३६ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मङ्सिर १ गते १ हजार ८ सय ८७ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४९ जनालाई कोभिड पुष्टि भएको छ । मङ्सिर १ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार २ सय २३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार मङ्सिर १ गतेसम्म ७६ लाख ७५ हजार ८ सय ९९ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-08-01


अनलाइन डेस्क