कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २८ गते)

कात्तिक २८ गते २ हजार १ सय ११ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ९ हजार ५ सय ३३ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १ लाख ६८ हजार १ सय २९ जना निको भएका छन् । कात्तिक २८ गते ३ हजार ५ सय ३७ जना निको भएका छन् भने निको हुनेको दर ८१.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २८ गतेसम्म १ हजार २ सय २ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । ३७ हजार २२ जनाको उपचार भइरहेको छ । २९ हजार ४९ जना होम आइसोलेशनमा छन् भने ३ सय ८७ जनाको उपचार आइसीयूमा र ८७ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।


अनलाइन डेस्क