कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ३० गते)

कात्तिक ३० गते ३ सय ३९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १७ हजार ६ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक ३० गते परीक्षण गरिएकामध्ये पाँच प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ५ सय ५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९८ हजार ७ सय १४ जना निको भएका छन् । कात्तिक ३० गते १ सय ७० जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक ३० गतेसम्म ११ हजार ४ सय ८२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक ३० गते चार जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४ सय ७६ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक ३० गते २ हजार ६ सय ४४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३८ जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक ३० गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार १ सय ७४ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक ३० गतेसम्म ७६ लाख २४ हजार ३८ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-07-30


अनलाइन डेस्क