कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २८ गते)

कात्तिक २८ गते २ सय ९१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १६ हजार ९ सय ६६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक २८ गते परीक्षण गरिएकामध्ये चार प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार ८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९८ हजार २ सय ७४ जना निको भएका छन् । कात्तिक २८ गते ३ सय ४८ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २८ गतेसम्म ११ हजार ४ सय ७७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक २८ गते ६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार २ सय १५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक २८ गते १ हजार ५ सय ९८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १५ जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक २८ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ८७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक २८ गतेसम्म ७५ लाख ५३ हजार ५ सय ६० जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-07-28


अनलाइन डेस्क