कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २६ गते)

कात्तिक २६ गते ३ सय ५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १६ हजार ४ सय १५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक २६ गते परीक्षण गरिएकामध्ये चार प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार १ सय ३४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९७ हजार ४ सय ४८ जना निको भएका छन् । कात्तिक २६ गते ३ सय ८९ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २६ गतेसम्म ११ हजार ४ सय ६९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक २६ गते तीन जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ४ सय ९८ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक २६ गते १ हजार ९ सय ३२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४७ जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक २६ गतेसम्म एण्टिजेन परीक्षणबाट ९५ हजार ३७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक २६ गतेसम्म ७५ लाख २० हजार ३४ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-07-26


अनलाइन डेस्क