कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २५ गते)

कात्तिक २५ गते ३ सय १ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १६ हजार ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक २५ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ हजार ६ सय ९ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९७ हजार ५९ जना निको भएका छन् । कात्तिक २५ गते २ सय ७९ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २५ गतेसम्म ११ हजार ४ सय ६६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक २५ गते ६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ५ सय ३५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक २५ गते ३ हजार ४४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १६ जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक २५ गतेसम्म एण्टिजेन परीक्षणबाट ९४ हजार ९ सय ९५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक २५ गतेसम्म ७४ लाख ८५ हजार १ सय १० जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-07-25


अनलाइन डेस्क