कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २३ गते)
कात्तिक २३ गते ४ सय ४३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १५ हजार ३ सय ७२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक २३ गते परीक्षण गरिएकामध्ये तीन प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १४ हजार ९ सय १८ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९६ हजार ३ सय ६ जना निको भएका छन् । कात्तिक २३ गते ४ सय ८४ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २३ गतेसम्म ११ हजार ४ सय ५४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक २३ गते एक जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ६ सय १२ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक २३ गते १ हजार ८ सय १८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ९० जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक २३ गतेसम्म एण्टिजेन परीक्षणबाट ९४ हजार ९ सय २६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक २३ गतेसम्म ७४ लाख ६८ हजार ९ सय १४ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
धादिङ प्रतिनिधि सिताराम अधिकारीका अनुसार धादिङमा जारी निषेध आदेशको अवधि मङ्सिर ७ गतेसम्मका लागि थप गरिएको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको कात्तिक २३ गतेको बैठकले जारी निषेध आदेश मङ्सिर ७ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न निषेध आदेशमा उल्लेख गरिएको छ । देशभर कोभिड भाइरसको सङ्क्रमण बढेपछि धादिङमा ०७८ वैशाख २१ गतेदेखि निषेध आदेश जारी छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
शिक्षा क्षेत्रका बिकृती र बिसङ्गती अन्त्यकालागि रिट दायर
इन्सेकलगायत मानव अधिकारवादी संघ संस्था र कानुन व्यवसायीहरूले शिक्षा क्षेत्रमा देखिएका बिकृती र बिसङ्गतीे अन्त्यकालागि नेपालगञ्ज उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा जेठ ५ गते रिट दायर गरेका छन् । सार्बजनिक…
मत परिणाम घोषणापछि सील भएको मतपेटिका भेटिए
महोत्तरीमा मतपरिणाम घोषणापछि सील भएको मतपेटिका भेटिएको छ । सील नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न…
मतपेटिकाको सिल तोडिएको पाइएपछि बुटवल उपमनपा–११ को मतगणना रोकियो
बुटवल उपमहानपा– ११ मा मतपेटिका खोल्ने क्रममा सिल तोडिएको र स्वस्तिक छाप भेट्टिएपछि जेठ ५ गते मतगणना कार्य रोकिएको छ । सिल तोडिएको र तोडिएको सिल मतपेटिका बाधिएको कपडामा पाइएको…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…