कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २२ गते)
कात्तिक २२ गते ३ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक २२ गते परीक्षण गरिएकामध्ये १४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २ हजार ६ सय ६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९५ हजार ८ सय २२ जना निको भएका छन् । कात्तिक २२ गते ४ सय २५ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २२ गतेसम्म ११ हजार ४ सय ५३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक २२ गते पाँच जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ६ सय ५४ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक २२ गते २ हजार ४ सय २० ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १९ जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक २२ गतेसम्म एण्टिजेन परीक्षणबाट ९४ हजार ८ सय ३६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक २२ गतेसम्म ७४ लाख ३६ हजार ७ सय १४ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
शिक्षा क्षेत्रका बिकृती र बिसङ्गती अन्त्यकालागि रिट दायर
इन्सेकलगायत मानव अधिकारवादी संघ संस्था र कानुन व्यवसायीहरूले शिक्षा क्षेत्रमा देखिएका बिकृती र बिसङ्गतीे अन्त्यकालागि नेपालगञ्ज उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा जेठ ५ गते रिट दायर गरेका छन् । सार्बजनिक…
मत परिणाम घोषणापछि सील भएको मतपेटिका भेटिए
महोत्तरीमा मतपरिणाम घोषणापछि सील भएको मतपेटिका भेटिएको छ । सील नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न…
मतपेटिकाको सिल तोडिएको पाइएपछि बुटवल उपमनपा–११ को मतगणना रोकियो
बुटवल उपमहानपा– ११ मा मतपेटिका खोल्ने क्रममा सिल तोडिएको र स्वस्तिक छाप भेट्टिएपछि जेठ ५ गते मतगणना कार्य रोकिएको छ । सिल तोडिएको र तोडिएको सिल मतपेटिका बाधिएको कपडामा पाइएको…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…