कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २१ गते)

कात्तिक २१ गते १ सय ४१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १४ हजार ५ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक २१ गते परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १ हजार ९ सय ८० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९५ हजार ३ सय ९७ जना निको भएका छन् । कात्तिक २१ गते ५ सय ६३ जना निको भएका छन् भने निको हुनेको दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २१ गतेसम्म ११ हजार ४ सय ४८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक २१ गते नौ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ७ सय १३ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक २१ गते ३ सय ५३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा दुई जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक २१ गतेसम्म एण्टिजेन परीक्षणबाट ९४ हजार ८ सय १७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक २० गतेसम्म ७४ लाख ३४ हजार ७ सय ९७ जनाले पूर्ण खोप पाइसकेका छन् । कात्तिक २१ गते कोभिड विरूद्धको खोप लगाइएको छैन । मन्त्रालयका अनुसार काठमाडौँ र ललितपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क