कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १७ गते)
कात्तिक १७ गते ३ सय ९५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १३ हजार ८ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक १७ गते परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ५ सय ७७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९३ हजार २ सय ७१ जना निको भएका छन् । कात्तिक १७ गते ४ सय ३९ जना निको भएका छन् भने निको हुनेको दर ९७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक १७ गतेसम्म ११ हजार ४ सय ३४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक १७ गते सात जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार १ सय २३ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक १७ गते ३ हजार ३ सय ३६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ५२ जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक १७ गतेसम्म एण्टिजेन परीक्षणबाट ९४ हजार ७ सय २६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक १७ गतेसम्म ७३ लाख ८१ हजार २ सय २ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार कोभिड—१९ को महामारी बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले कात्तिक १७ गतेदेखि कात्तिक ३० गतेसम्मका लागि जिल्लभर निषेध आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालद्वारा कात्तिक १६ गते जारी आदेश अनुसार सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको निर्णय, सङ्क्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लाका सबै स्थानीय तहमा निषेध आदेशका शर्तहरु पुर्ण रुपमा पालना गर्नुपर्ने छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
शिक्षा क्षेत्रका बिकृती र बिसङ्गती अन्त्यकालागि रिट दायर
इन्सेकलगायत मानव अधिकारवादी संघ संस्था र कानुन व्यवसायीहरूले शिक्षा क्षेत्रमा देखिएका बिकृती र बिसङ्गतीे अन्त्यकालागि नेपालगञ्ज उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा जेठ ५ गते रिट दायर गरेका छन् । सार्बजनिक…
मत परिणाम घोषणापछि सील भएको मतपेटिका भेटिए
महोत्तरीमा मतपरिणाम घोषणापछि सील भएको मतपेटिका भेटिएको छ । सील नै नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन आयोगमाथि नै प्रश्न खडा भएको छ । बर्दिबास नगरपालिका वडा नम्बर ८ को मतगणना सम्पन्न…
मतपेटिकाको सिल तोडिएको पाइएपछि बुटवल उपमनपा–११ को मतगणना रोकियो
बुटवल उपमहानपा– ११ मा मतपेटिका खोल्ने क्रममा सिल तोडिएको र स्वस्तिक छाप भेट्टिएपछि जेठ ५ गते मतगणना कार्य रोकिएको छ । सिल तोडिएको र तोडिएको सिल मतपेटिका बाधिएको कपडामा पाइएको…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…