कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १४ गते)

  ०७८ कात्तिक १४ गते

कात्तिक १४ गते ३ सय ७६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १२ हजार ५ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक १४ गते परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ७ सय ३१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९१ हजार ७ सय ८७ जना निको भएका छन् । कात्तिक १४ गते ५ सय १८ जना निको भएका छन् भने निको हुनेको दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक १४ गतेसम्म ११ हजार ४ सय ७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक १४ गते आठ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३ सय ७६ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक १४ गते २ हजार १ सय ६८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३२ जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक १४ गतेसम्म एण्टिजेन परीक्षणबाट ९४ हजार ५ सय ३५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक १४ गतेसम्म ७१ लाख ८९ हजार ६ सय ८९ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क