कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १३ गते)

  ०७८ कात्तिक १३ गते

कात्तिक १३ गते २ सय ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १२ हजार १ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक १३ गते परीक्षण गरिएकामध्ये ६ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.४ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ३ सय १६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९१ हजार २ सय ९६ जना निको भएका छन् । कात्तिक १३ गते ९ सय ११ जना निको भएका छन् भने निको हुनेको दर ९७.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक १३ गतेसम्म ११ हजार ३ सय ९९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक १३ गते ११ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५ सय २६ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक १३ गते २ हजार ५ सय ९५ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ७५ जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक १३ गतेसम्म एण्टिजेन परीक्षणबाट ९४ हजार ५ सय ३ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक १३ गतेसम्म ७१ लाख ५२ हजार ३९ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

 Corona Infographics 2078-07-13


अनलाइन डेस्क