कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १२ गते)
कात्तिक १२ गते ४ सय ९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ११ हजार ८ सय ९७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक १२ गते परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार १ सय ४५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ९० हजार ३ सय ५८ जना निको भएका छन् । कात्तिक १२ गते ५ सय ६९ जना निको भएका छन् भने निको हुनेको दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक १२ गतेसम्म ११ हजार ३ सय ८८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक १२ गते ६ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार १ सय ५१ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक १२ गते २ हजार ६ सय १ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ५९ जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक १२ गतेसम्म एण्टिजेन परीक्षणबाट ९४ हजार ४ सय २८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक १२ गतेसम्म ६९ लाख ८४ हजार १ सय ५७ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…