कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १० गते)

  ०७८ कात्तिक १० गते

कात्तिक १० गते ५ सय ८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख १० हजार ८ सय ८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक १० गते परीक्षण गरिएकामध्ये आठ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार १ सय ६७ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ८९ हजार १ सय २५ जना निको भएका छन् । कात्तिक १० गते ४ सय ९५ जना निको भएका छन् भने निको हुनेको दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक १० गतेसम्म ११ हजार ३ सय ८० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक १० गते आठ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ३ सय ७५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक १० गते २ हजार ३ सय २८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ९० जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक १० गतेसम्म एण्टिजेन परीक्षणबाट ९४ हजार ३ सय ५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक १० गतेसम्म ६७ लाख ७० हजार १ सय ५४ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-07-10


अनलाइन डेस्क