कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ७ गते)
कात्तिक ७ गते ५ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ९ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक ७ गते परीक्षण गरिएकामध्ये नौ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ६१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ८७ हजार ५ सय ७ जना निको भएका छन् । कात्तिक ७ गते ८ सय ७७ जना निको भएका छन् भने निको हुनेको दर ९७.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक ७ गतेसम्म ११ हजार ३ सय ४८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक ७ गते तीन जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार २ सय १ रहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक ७ गते १ हजार ५ सय ६४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३५ जनालाई कोभिड पुष्टि भएको छ । कात्तिक ७ गतेसम्म एण्टिजेन परीक्षणबाट ९४ हजार १५ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक ७ गतेसम्म ६६ लाख ४ हजार १ सय ७३ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर र भक्तपुरमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको कात्तिक ७ गतेको बैठकले जारी निषेध आदेशको अवधि कात्तिक २२ गते राति १२ बजेसम्मका लागि थप गरेको छ । जारी निषेध आदेशमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गर्न भनिएको छ । तिहार लगायतका चाड मनाउँदा आफ्नो घरमा मात्र सीमित हुने गरी मनाउन, मेला पर्व, जात्रा महोत्साव, कन्सर्ट जस्ता कार्यक्रम नगर्न, मन्दिर तथा देवलहरूमा नियमित पूजामात्र गर्न र भिडभाड नगर्न तथा होटल तथा व्यवसाय बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म मात्रै गर्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…