कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ४ गते)

  ०७८ कात्तिक ४ गते 

कात्तिक ४ गते ४ सय ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ७ हजार ५ सय २२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक ४ गते परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ५ सय ८६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ८४ हजार ८ सय ११ जना निको भएका छन् । कात्तिक ४ गते ७ सय २६ जना निको भएका छन् भने निको हुनेको दर ९७.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक ४ गतेसम्म ११ हजार ३ सय २६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक ४ गते आठ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ३ सय १५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक ४ गते १ हजार ९ सय ६३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ७५ जनालाई कोभिड पुष्टि भएको छ ।  कात्तिक ४ गतेसम्म एण्टिजेन परीक्षणबाट ९३ हजार ७ सय ७१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक ४ गतेसम्म ६५ लाख ४ सय ६३ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-07-04


अनलाइन डेस्क