कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक २ गते)

कात्तिक २ गते ९ सय ५७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ६ हजार ५ सय १७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक २ गते परीक्षण गरिएकामध्ये १२ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ८ हजार १ सय ४० ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ८३ हजार ३ सय ९७ जना निको भएका छन् । कात्तिक २ गते १ हजार ४ जना निको भएका छन् भने निको हुनेको दर ९७.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक २ गतेसम्म ११ हजार ३ सय ५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक २ गते १२ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ८ सय १५ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक २ गते १ हजार ७ सय ७६ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा १ सय ३९ जनालाई कोभिड पुष्टि भएको छ ।  कात्तिक २ गतेसम्म एण्टिजेन परीक्षणबाट ९३ हजार ५ सय ६९ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक २ गतेसम्म ६४ लाख ८५ हजार ३ सय ६५ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

Corona Infographics 2078-07-02


अनलाइन डेस्क