कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक १ गते)

कात्तिक १ गते ५ सय २३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८ लाख ५ हजार ५ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कात्तिक १ गते परीक्षण गरिएकामध्ये सात प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ७ हजार ६ सय ५४ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७ लाख ८२ हजार ३ सय ९३ जना निको भएका छन् । कात्तिक १ गते ९ सय ३७ जना निको भएका छन् भने निको हुनेको दर ९७.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कात्तिक १ गतेसम्म ११ हजार २ सय ९३ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कात्तिक १ गते नौ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ८ सय ७४ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कात्तिक १ गते २ हजार ४३ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६८ जनालाई कोभिड पुष्टि भएको छ ।  कात्तिक १ गतेसम्म एण्टिजेन परीक्षणबाट ९३ हजार ४ सय ३० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । मन्त्रालयका अनुसार कात्तिक १ गतेसम्म ६४ लाख ७० हजार १ सय ९५ जनाले पूर्ण खोप पाइसकेका छन् । मन्त्रालयका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र कास्कीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।


अनलाइन डेस्क